शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भद्रपुर (झापा), कात्तिक ६ गते । यहाँस्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबिच झगडा हुँदा कुटपिटले राजवंशी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि बिएन्ड सी अस्पताल, बिर्तामोड लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
कुटपिटमा सङ्लग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका–७ बाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस