• ६ कात्तिक २०८२, बिहिबार

बजारमा तिहारको चहलपहल कायमै

blog

लालबन्दी बजारमा देखिएको चलहपल । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, कात्तिक ६ गते । सर्लाहीका हाटबजारमा आज साँझसम्म पनि तिहारको चहलपहल देखिएको छ । तिहारको भाइटीकामा प्रयोग हुने सरसामग्रीको दिनभरी ग्राहकको चहलपहल जारी रहेको हो । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा दिनभर नै मानिसको अत्यधिक चाप देखिएको छ । नवलपुर, हरिवन, बयलवास, बरहथवालगायत अन्य बजारमा पनि बुधबार र बिहीबार दिनभरी तिहारको चहलपहल देखिएको छ । बजारमा भाइमसलासहित फलफूल, कपडा, खाद्यान्न, फूल, फूलका मालालगायतमा राम्रो व्यापार भएको व्यापारीहरूको भनाइ छ ।  

कोसेलीको रूपमा समेत प्रयोग गरिने भएकाले फलफूलको अत्यधिक कारोबार भइरहेको छ । ग्रामीण तथा सहरी सबै क्षेत्रमा तिहारको चहलपहल छ । झिलिमिली बत्ती र मैनबत्ती जताततै बालिएकाले उज्यालोमय बनेको छ । तिहारका लागि धेरै मानिस घरगाउँ आएकाले चहलपहल बढेको छ ।