• ५ कात्तिक २०८२, बुधबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

blog

वसन्त पराजुली
भरतपुर, कात्तिक ५ गते ।
चितवनमा श्रृङ्खलावद्ध दुर्घटना भइरहेका छन् । पछिल्लो समय मङ्गलबार मध्यरातमा खैरहानी नगर पालिका वडा नम्बर २ मा मोटरसाइकल अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको हो ।

प्रदेश ०३–००५ प ४३०२ नम्बरको मो.सा.आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

मृतक मोटरसाइकलका चालक हुन् । दुर्घटनापछि उपचारका लागि भरतपुर अस्पताल पुर्याए पनि उहाँलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ  ।

सोमबार भरतपुरमा र खैरहानीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।