• ४ कात्तिक २०८२, मङ्गलबार

बरामद पटाका र आतसबाजी नष्ट

blog

बरामद गरिएको पटाका खाल्डोमा नष्ट गर्दै प्रहरी । तस्बिरः धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, कात्तिक ४ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले तिहार तथा छठ पर्वलाई लक्षित गरी बरामद गरिएका आतसबाजी र पटाकाहरू नष्ट गरेको छ। मङ्गलबार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देव तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा ती सामानहरू खाल्टोमा पुरेर नष्ट गरिएको हो।

प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार विभिन्न स्थानमा गरिएको गस्ती तथा निगरानीका क्रममा प्रहरीले अवैध रूपमा बिक्री वितरणका लागि राखिएका आतसबाजी र पटाकाहरू बरामद गरिएको थियो। उहाँले यस किसिमका सामग्रीले जनजीवनमा जोखिम उत्पन्न गराउने भएकाले प्रहरीले निगरानी अझ कडाइका साथ निरन्तर जारी राख्ने बताउनुभयो।