शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारद कोहार
तौलिहवा (कपिलबस्तु), कात्तिक ४ गते । जिल्लाको मायादेवी गाउँपालिका–१, बर्रोहिया स्थित ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार लु. १ क. ५७८० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री २२ वर्षीया खुसी तेलीको मृत्यु भएको बताउनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको कपिलबस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँको भनाइ छ । ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।