• ४ कात्तिक २०८२, मङ्गलबार

उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन : जल तथा मौसम विभाग

blog

काठमाडौँ, कात्तिक ४ गते । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार मङ्गलबार दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ ।

कोशी, कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभरको मौसम मुख्यताया सफा रहने छ । रासस