शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर, कात्तिक ३ गते। सप्तरीको खडक नगरपालिकामा सोमबार पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।
नगरपालिका– १० डेङग्राही घर भएका १२ बर्षीय सर्बस चौधरीको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो।
आफ्नै घरदेखि सय मिटर पूर्वमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर उहाँ घाइते हुनु भएको थियो।
घाइते चौधरीलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।
उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो।