काठमाडौँ, कात्तिक २ गते । बङ्गलादेशमा कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुने काभा नेसन्स कप भलिबल खेल्न जाने नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको बिदाइ गरिएको छ ।
नेपाल भलिबल सङ्घले आइतबार टोलीको बिदाइ गरेको हो । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गर्नुभयो ।
हरिहजुर थापाको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा भईसकेको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा भरत यादव र सहायक प्रशिक्षमा उत्सव खड्का रहनुभएको छ । प्रतियोगितामा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीको खेलाडीहरुमा कप्तान थापासहित धनबहादुर भट्ट, विनोद चन्द, धिरोजकाजी बस्नेत, सरन सामरी क्षेत्री, सफल विक, अर्जुन नेपाली, रविन नगरकोटी, पहल गहतरात, सन्तोष राई, सुनिल बोहरा, सुजन सुनार, नृपध्वज बस्नेत र शैलेन्द्र यादव हुनुहुन्छ ।