शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक २ गते । सप्तरीको विष्णुपुर गाउँपलिक-३, मुसहर्नियामा एक युवकलाई करेन्ट लागेर मृत्यु भएको छ। स्थानीय हरि मण्डलको छोरा अन्दाजी ३५ वर्षको शिक्षक दिलिप मण्डलको आइतबार करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै बारीमा पानी पट्याउने क्रममा उहाँलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार मृतक मण्डलको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।