• २ कात्तिक २०८२, आइतबार

छिन्नमस्ता बाहिनीलाई भलिवल उपाधी

blog

बर्दीबास ३ गौरीबास खुला मञ्चमा सम्पन्न भलिबल प्रतियोगिताको फाइनलमा भिड्दै खेलाडी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, कात्तिक २ गते ।
सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासले गंगोत्री इङ्लिश सेकेन्डरी स्कुल, महेन्द्रनगर धनुषामाथि पुनरागमन जित हासिल गरी खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी जितेको छ ।

तिहार तथा छठ पर्वको अवसर पारेर गौरीबास युथ क्लवको आयोजनामा बर्दिबास–३ स्थित गौरीडाँडामा शनिबार भएको प्रतियोगिताको फाइनलमा पहिलो दुई सेट गंगोत्रीले २५–१६ र २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका तीनै सेटमा पुनरागमन गर्दै सशस्त्रले २५–२०, २५–१८ र निर्णायक सेटमा १६–१४ को जित निकाल्दै उपाधी चुमेको हो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको सशस्त्र प्रहरी टिमले ट्रफीसहित नगद एक लाख एक हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको गंगोत्री इङ्लिश स्कुलले नगद ५१ हजार रुपियाँसहित ट्रफिमा चित्त बुझायो ।

फाइनलमा सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका रोशन विकलाई ‘म्यान अफ द म्याच’ तथा गंगोत्रीका रवीन्द्र गौतमलाई ‘म्यान अफ द सिरिज’ को उपाधीसहित नगद पुरस्कार प्रदान गरिएको छ । विजेता तथा उपविजेता टोलीलाई बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लाद क्षेत्रीले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो ।