• १३ साउन २०८१, आइतबार

बाघको आक्रमणवाट महिला घाइते

blog

फाइल तस्बिर

भरतपुर असार १८ गते । शनिवार विहान करिव ८ बजेको समयमा कुमरोज सामुदायिक वनमा घाँस काट्ने जानुभएकी एक महिला बाघको आक्रमणवाट एक   घाइते भएकी छिन् ।

खैरहनी नगरपालिका– १३  बस्ने बर्ष ३८ की बालिका गुरुङ्लाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार घाईतेको अवस्था गम्भीर छ । घाइतेको अहिले मेडिकल कलेज भरतपुरमा  उपचार भइरहेको छ । 

चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । पछिल्लो एक वर्षमा चितवन निकुञ्ज वरपरका वनक्षेत्रमा मात्रै बाघको आक्रमणबाट १६ जनाको मृत्यु भैसकेको छ । 

Author

बसन्त पराजुली