शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) कार्तिक १ गते। बर्दियामा मानिसलाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा लिइएको छ। बारबर्दिया नगरपालिका–११ मा रहेको जनजागृति सामुदायिक वनमा राखिएको खोरमा चितुवा परेको हो।
सो क्षेत्रमा गत असोज २५ गते शुक्रबार बारबर्दिया नगरपलिका–१०, डफैयाकी ४५ वर्षीया जुना चौधरी धान काट्ने क्रममा चितुवाले आक्रमण गर्दा घाइते हुनुभएको थियो भने गत असोज २८ गते मङ्गलबार बारबर्दिया नगरपालिका–११, विजयनगरका ४६ वर्षीय भदुवा थारू खेतमा काम गर्दै गर्दा चितुवाले अक्रमण गर्दा घाइते हुनुभएको थियो।
चितुवाले आक्रमण गर्न थालेपछि चितुवा फसाउने खोर राखेको थियो। सो खोरमा शनिबार बिहान वयस्क भाले चितुवा परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल चौधरीले बताउनुभयो। उहाँले हाल चितुवा डिभिजन वन कार्यालय बर्दियामा राखिएको जानकारी दिनुभयो।