गाजा पट्टी, कार्तिक १ गते । इजरायलले गाजाबाट हराएका अर्को बन्धकको शव प्राप्त गरेको छ । यो शव हिंसात्मक समूह हमासले रेडक्रसलाई हस्तान्तरण गरेको हो । हमासले सशस्त्र सङ्घर्ष विराम कायम गर्न र भग्नावशेषमा रहेका शव खोज्न बुलडोजर चलाउँदै छ ।
इजरायली सेनाले रेडक्रसबाट शव लिएर इजरायलको स्वास्थ्य मन्त्रालयको फरेन्सिक विभागमा पठाउने योजना बनाएको छ । शवको पहिचानपछि मृतकको परिवारलाई जानकारी दिइने छ । हामीसले यो शव ‘अधिकार कब्जा गरेका बन्दी’ को भएको बताएको छ, जसले यो इजरायली नागरिक भएको सङ्केत गर्छ ।
यो हस्तान्तरण भनेको सङ्घर्ष विराम सम्झौताको महत्त्वपूर्ण अङ्ग हो । यसअन्तर्गत सहयोग, सीमा नाका खोल्ने र पुनर्निर्माणका आशाहरू पनि जोडिएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार, गाजामा मानवीय सहायता ढुवानी अझै सिमित छ । यसबिच फ्रान्सले संयुक्त राष्ट्रसङ्घमा गाजाका लागि अन्तर्राष्ट्रिय शान्ति सुरक्षा बल स्थापना गर्ने प्रस्ताव तयारी गरिरहेको छ । रासस/सिन्ह्वा