• १ कात्तिक २०८२, शनिबार

बानेश्वर बहुमुखी क्याम्पसको २१औँ क्याम्पस सभा सम्पन्न

blog

काठमाडौँ, कात्तिक १ गते । बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर, काठमाडौंको २१औँ आ.व. २०८१/०८२ को क्याम्पसको वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

उद्घाटन र समापन सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराईबाट सम्पन्न गरिएको थियो । स्वागत मन्तव्य क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष प्राडा. तीर्थप्रसाद मिश्रले दिनुभयो ।

सभामा क्याम्पस प्रमुख प्राडा. घमानसिंह खड्काले क्याम्पसको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन उपर सल्लाहाकार दयाकृष्ण न्यौपाने मन्तव्य दिनुभएको थियो ।

सभाले क्याम्पसको लेखा परीक्षण प्रतिवेदन, क्याम्पस प्रमुखको वार्षिक प्रगति प्रतिवेदन र शैक्षिक तथा प्रशासनिक नियमावली २०६३ को तेस्रो संशोधन प्रस्ताव २०८२ लाई अनुमोदन गरेको छ । 

सभामा क्याम्पसका सभासद् प्रध्यापक सङ्घका सभापति सुधिरकुमार रिमाल र स्ववियु सभापति भूमिराज अधिकारीले प्रतिनिधित्व गर्नुभएको थियो ।