बेइजिङ ,कार्तिक १ गते । चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ । सन् २०२५ को जुन महिनासम्म ५० करोडभन्दा बढी मानिसले यो प्रविधि प्रयोग गरिरहेको चीन इन्टरनेट सञ्जाल सूचना केन्द्र (सिएनएनआइसी) द्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार, पछिल्ला छ महिनाभित्र मात्रै करिब २६ करोड ६० लाख नयाँ प्रयोगकर्ता थपिएका छन् । सन् २०२४ को अन्त्यमा २४ करोड ९० लाख प्रयोगकर्ता रहेका थिए भने अहिले यो सङ्ख्या बढेर ५१ करोड ५० लाख पुगेको हो ।
यो वृद्धिसँगै चीनमा जेनेरेटिभ एआई प्रविधिको प्रयोग दर ३६.५ प्रतिशत पुगेको जनाइएको छ । यसले प्रविधिप्रति जनताको चासो र पहुँच द्रुतरूपमा फैलिएको सङ्केत गर्छ । विशेषज्ञका अनुसार यस्तो प्रविधिले शिक्षा, व्यापार, सञ्चार तथा मनोरञ्जनका क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याइरहेको छ । रासस/सिन्ह्वा