• ३१ असोज २०८२, शुक्रबार

खोलाले बगाएर बालिका बेपत्ता

blog

जनार्जन खत्री

सर्लाही, असोज ३१ गते । सर्लाहीको धनकौलमा मनुष्मारा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् । 

धनकौल गाउँपालिका-३, की सोनीकुमारी साह खोलाले बगाएर बेपत्ता भएकी हुन् । साह बिहीबार दिउँसोदेखि नै खोलाले बगाएर बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले जानकारी दिनुभयो । 

बालिका लुगा धुन र नुहाउन भनी खोलामा पुगेकी थिइन् । खोलाले बगाएर बेपत्ता बालिकाको शुक्रबार बिहानैदेखि खोजी जारी रहेको डिएसपी भट्टराईले बताउनुभयो । बेपत्ता बालिकाको खोजीका लागि महोत्तरीको बर्दीवासस्थित सशस्त्र प्रहरीको पृतनाबाट तालिम प्राप्त गोताखोर मगाइएको बरहथवा प्रहरीले जनाएको छ ।