• ३१ असोज २०८२, शुक्रबार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, असोज ३१ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २२ पैसा र बिक्रीदर १४० रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ३१ पैसा र बिक्रीदर १६४ रुपियाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपियाँ २१ पैसा र बिक्रीदर १८९ रुपियाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपियाँ ७५ पैसा र बिक्रीदर १७६ रुपियाँ ५० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ २३ पैसा र बिक्रीदर ९१ रुपियाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ८१ पैसा र बिक्रीदर १०० रुपियाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ १९ पैसा र बिक्रीदर १०८ रुपियाँ ६५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ६८ पैसा र बिक्रीदर १९ रुपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३९ पैसा र बिक्रीदर ३७ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४७  पैसा र बिक्रीदर ३८ रुपियाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३१ पैसा र बिक्रीदर चार रुपियाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १८ पैसा र बिक्रीदर ३८ रुपियाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ १७ पैसा र बिक्रीदर ३३ रुपियाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८९ पैसा र बिक्रीदर नौ रुपियाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८३ पैसा र बिक्रीदर १४ रुपियाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८७ पैसा र बिक्रीदर २१ रुपियाँ ९६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०४ पैसा र बिक्रीदर १८ रुपियाँ १२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ ४४ पैसा र बिक्रीदर ४६० रुपियाँ ४० पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७३ रुपियाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ १९ पैसा र बिक्रीदर ३६५ रुपियाँ ७५  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस