• ३० असोज २०८२, बिहिबार

बस दुर्घटना हुँदा तीन जना घाइते

blog

जगनाथ गाउँपालिकाको भल्या भन्ने ठाउँमा पल्टेको बस ।

शेरबहादुर सार्की

बाजुरा, असोज ३० गते । बाजुराको जगनाथ गाउँपालिकामा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

दुर्घटनामा मुगु राना नगरपालिका–३ का अन्दाजी १४ वर्षीय विशाल विक, दैलेख दुल्लु नगरपालिका–२ बस्ने अन्दाजी ३१ वर्षीया दीपा सोनाम र बाजुराको जगनाथ गाउँपालिका–६ बस्ने  ४५ वर्षीया प्रेमकला दमाई घाइते हुनुभएको हो ।

बिहीबार बाजुरादेखि कर्णाली काेरिडोर हुँदै सुर्खेत जाँदै गरेको ०२००१ ख. ०८९० नम्बरको बस जगनाथ गाउँपालिकाको भल्यामा दुर्घटना भएको हो । २३ जना सवार गाडीका घाइतेको पिलिचौरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।