गाजा, असोज ३० गते । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का प्रवक्ता अदनान अबु हसनाले केही दिन अघि युद्धविराम लागू भए पनि गाजापट्टीका लागि छुट्याइएको कुनै पनि मानवीय आपूर्ति ल्याउन यूएनआरडब्लुए असमर्थ भएको बताउनुभएको छ ।
चरम असहजताका बाबजुद अबु हसनाले युएनआरडब्लुए गाजापट्टीभित्र मानवीय कार्यको मेरुदण्ड भएकाले त्यहाँ प्रतिक्रियाको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले गाजामा मानवीय प्रयासबाट युएनआरडब्लुएलाई बहिष्कार गर्नु भनेको यस प्रक्रियाको पतनका साथै यसमा जनताको विश्वासको कमी भएको बताउनुभएको छ ।
उहाँले युएनआरडब्लुएका कर्मचारीले कठिनाइको बाबजुद पनि आफ्नो काम जारी राखे ता पनि उनीहरूलाई इजरायली सेनाले खाद्यान्न सहायता वितरण गर्नबाट रोकेको बताउनुभएको छ । अहिलेसम्म इजरायलले युएनआरडब्लुएलाई खाना र गैर-खाद्य सहायता ल्याउन अनुमति दिएको छैन, जुन गाजापट्टीको गेटमा पर्खिरहेका छ हजार ट्रकमा राखिएको छ ।
यी ट्रकमा तीन महिनाका लागि गाजापट्टीका बासिन्दाका लागि पर्याप्त खाद्यान्न आपूर्ति रहेको उहाँले बताउनुभयो । समस्याग्रस्त गाजाका लागि युएनआरडब्लुएसँग सयौं हजार कपडा, साथै ठूलो मात्रामा औषधि पनि रहेको अबु हसनाले बताउनुभएको छ । युद्ध र गोलीबारी रोकिए तापनि दुर्भाग्यवश यो युद्धको पीडाको निरन्तरता कायम रहेको उहाँले बताउनुभएको छ । रासस/क्यूएनए