• ३० असोज २०८२, बिहिबार

पाकिस्तानमा सडक दुर्घटना, १५ को मृत्यु, ८ जना घाइते

blog

इस्लामावाद, असोज ३० गते । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको उद्धार अधिकारीले बिहीबार बताएका छन् ।

बुधबार राति मालाकान्द जिल्लामा मोड पार गर्दा ट्रक पल्टिएपछि दुर्घटना भएको प्रान्तको उद्धारका प्रवक्ता बिलाल फैजीलाई उदृत गर्दै सिन्ह्वले जनाएको छ । मृतक तथा घाइतेमा ट्रकमा स्वात जिल्लातिर जाँद गरेको घुमन्ते परिवारका पुरुष, महिला र बालबालिका रहेको जनाइएको छ ।  

उद्धार टोली सुचना प्राप्त गरिसकेपछि तुरुन्तै घटनास्थलमा पुगे र स्थानीय प्रहरी र अन्य कर्मचारीसँग संयुक्तरूपमा उद्धार कार्य गरेको जनाएका छन् । अधिकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । रासस/सिन्ह्वा