शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, असोज ३० गते । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सलाई नेबिकोले सहप्रायोजन गर्ने भएको छ ।
प्रायोजनसम्बन्धी सम्झौता पत्रमा बिहीबार कर्णाली याक्स स्पोर्ट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका प्रतिनिधि अशोक पोखरेलले हस्ताक्षर गर्नुभयो ।
कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउदै एनपिएल हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो ।
यस्तै नेबिकोका पाेखरेलले कर्णालीमार्फत एनपिलमा जोडिन पाउनु नै उत्कृष्ठ क्षण भएको बताउनुभयो । दोस्रो संस्करणको एनपिएल आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुँदैछ ।
अघिल्लो संस्करणमा कर्णालीले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । सोमपाल कार्मी मार्की खेलाडी रहनुभएको कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल हुनुहुन्छ ।