• ३० असोज २०८२, बिहिबार

मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

blog

बोमलाल गिरी
नवलपुर, असोज ३० गते ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१ केउरेनीमा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते भएका छन् । गएराति ९ बजे देवचुलीको दलदलेबाट रजहरतर्फ जाँदै गरेको लु ३७ प ६९२० नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीसहित तीन जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक देवचुली १३ का ४३ वर्षीय रिम बहादुर नेपाली, मोटरसाइकलको पछाडी सवार गैँडाकोट नगरपालिका–१७ का ३५ वर्षीय कृष्ण नेपाली र देवचुली–१ केउरेनीका पैदल यात्री १८ वर्षीय दान बहादुर बिक घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

घाइते सबैको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको र सवारी साधन नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।