• २९ असोज २०८२, बुधबार

प्रहरी हिरासतबाट फरार अभियुक्त अमन पक्राउ

blog

धीरेन्द्रप्रसाद साह
राजविराज, असोज २९ गते । 
लागुऔषध (ब्राउन सुगर) कारोबारमा संलग्न रहेर फरार रहेका अभियुक्त अमन यादवलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकार प्रतिवादी रहेको उक्त मुद्दामा यादव लामो समयदेखि फरार थिए ।

यादव जेनजी समूहले सञ्चालन गरेको आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी हिरासत थानकोट वृत्तबाट फरार भएका थिए । सिराहाको विष्णुपुर गाउँपालिका–३ बस्ने २१ वर्षीय यादवलाई सप्तरीको रूपनी गाउँपालिका ६ वीरेन्द्र बजारबाट बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेपछि आवश्यक कारबाहीका लागि उनलाई थानाकोट प्रहरी वृत्त पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।