शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, असोज २९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बिहान ११ः०० बजे ललितपुरको जावलाखेलमा बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । बैठकमा पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि प्रादेशिक रूपमा इच्छुक केन्द्रीय सदस्यलाई धारणा राख्ने तीन मिनेटको समय छुट्याइएको प्रमुख गौतमले जानकारी दिनुभयो ।
बैठकले पार्टीले आगामी मङ्सिरमा हुने महाधिवेशनको समय र स्थान तोक्नेछ । यसअघि यही असोज २४ र २६ गते बसेको सचिवालय बैठकले मङ्सिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । रासस