• २९ असोज २०८२, बुधबार

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

blog

प्रवीण कुमार शर्मा 
रौतहट, असोज २९ गते ।
रौतहटको देवाही गोनाही –५ मा  स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा परी मृत्यु हुनेमा देवाही गोनाही –३  का ६५ वर्षीय  किशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।

देवाही गोनाही नगरपालिका –५ स्थित जगत चोकबाट मलंग चोक जाने भित्री सडकको पश्चिम तर्फ धानको खेतमा ना ३८ प १३८९ नं.को  स्कुटर अनियन्त्रित भई मङ्गलबार साँझ दुर्घटना भएको थियो ।

घटनाको जानकारी पाउना साथ प्रहरी टोलि घटनास्थलमा पुग्दा चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।