• २९ असोज २०८२, बुधबार

गुल्मीका स्थानीय तहले निर्माण गरे ३०४ ऐन

blog

रमेश विश्वकर्मा 
गुल्मी, असोज २९ गते ।
गुल्मीका स्थानीय तहले ३०४ ऐन निर्माण गरेका छन् । जिल्ला समन्वय समिति गुल्मीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा प्रतिवेदन अनुसार दुई नगरपालिका र दस गाउँपालिका गरी यस जिल्लाका १२ स्थानीय तहले सो सङ्ख्यामा ऐन निर्माण गरेका हुन् ।

स्थानीय तहले सेवा प्रवाह, विकास निर्माण र नियमनसम्बन्धी काम कारबाहीलाई कानुनी दस्तावेजका आधारमा व्यवस्थित गर्दै लैजानका लागि विभिन्न प्रयास गर्दै आएका छन् । स्थानीय तहले उपलब्ध गराएको तथ्याङ्क सार्वजनिक गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी सृजना मिश्रले जानकारी दिनुभयो । यहाँका स्थानीयले ५५ नियमावली र ७०९ अन्य (कार्यविधि÷मापदण्ड) निर्माण गरेका छन् ।

यस जिल्लाको रेसुङ्गा नगरपालिकाले गत वर्षसम्म ३६ ऐन, तीन नियमवली र ४५ अन्य (कार्यविधि/मापदण्ड) निर्माण गरेको छ। मुसिकोट नरपालिकाले २९ ऐन, पाँच नियमवली र ७२ अन्य (कार्यविधि/मापदण्ड) निर्माण गरेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ। कालिगण्डकी गाउँपालिकाले छ ऐन, दुई नियमवली र ४५ अन्य (कार्यविधि/मापदण्ड) निर्माण गरेको छ । सत्यवती गाउँपालिकाले ३२ ऐन, पाँच नियमवली र ३६ अन्य (कार्यविधि/मापदण्ड) निर्माण गरेको छ। रुरुक्षेत्र गाउँपालिकाले १२ ऐन, चार नियमवली र ५१ अन्य (कार्यविधि/मापदण्ड) निर्माण गरेको छ ।

त्यसैगरी, छत्रकोट गाउँपालिकाले ३५ ऐन, छ नियमवली र ५६ अन्य (कार्यविधि/मापदण्ड) निर्माण गरेको छ । चन्द्रकोट गाउँपालिकाले २८ ऐन, आठ नियमवली र ८१ अन्य (कार्यविधि/मापदण्ड) निर्माण गरेको छ। गुल्मीदरबार गाउँपालिकाले २७ ऐन, चार नियमवली र ५१ अन्य (कार्यविधि/मापदण्ड) निर्माण गरेको छ। इस्मा गाउँपालिकाले २० ऐन, एक नियमवली र ६८ अन्य (कार्यविधि÷मापदण्ड) निर्माण गरेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।  

धुर्कोट गाउँपालिकाले ४१ ऐन, पाँच नियमवली र ५८ अन्य (कार्यविधि/मापदण्ड) निर्माण गरेको छ । मालिका गाउँपालिकाले २८ ऐन, आठ नियमवली र ८२ अन्य (कार्यविधि/मापदण्ड) निर्माण गरेको छ । मदाने गाउँपालिकाले १० ऐन, चार नियमवली र ६४ अन्य (कार्यविधि÷मापदण्ड) निर्माण गरेको जिल्ला समन्वय समिति गुल्मीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।