काठमाडौँ, असोज २९ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७८ पैसा र बिक्रीदर १४२ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ८५ पैसा र बिक्रीदर १६४ रुपियाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपियाँ १६ पैसा र बिक्रीदर १८८ रुपियाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ३२ पैसा र बिक्रीदर १७७ रुपियाँ ०७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ५० पैसा र बिक्रीदर ९१ रुपियाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७९ पैसा र बिक्रीदर १०१ रुपियाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ९६ पैसा र बिक्रीदर १०९ रुपियाँ ४२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८६ पैसा र बिक्रीदर १९ रुपियाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ९० पैसा र बिक्रीदर ३९ रुपियाँ ०६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३२ पैसा र बिक्रीदर चार रुपियाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ६० पैसा र बिक्रीदर ३८ रुपियाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५२ पैसा र बिक्रीदर ३३ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८८ पैसा र बिक्रीदर नौ रुपियाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८५ पैसा र बिक्रीदर १४ रुपियाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २४ पैसा र बिक्रीदर १८ रुपियाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ७९ पैसा र बिक्रीदर ४६३ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपियाँ ०९ पैसा र बिक्रीदर ३७७ रुपियाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपियाँ २४ पैसा र बिक्रीदर ३६९ रुपियाँ ८० पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस