• २८ असोज २०८२, मङ्गलबार

थाइल्यान्ड-कम्बोडिया ‘शान्ति सम्झौता’ हस्ताक्षरमा ट्रम्प सहभागी हुने

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

क्वालालम्पुर (मलेसिया) असोज २८ गते । दक्षिणपूर्वी एसियाली राष्ट्रको आगामी शिखर सम्मेलनमा हुने थाइल्यान्ड र कम्बोडियाबिचको शान्ति सम्झौताको औपचारिक हस्ताक्षर कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने आयोजक राष्ट्र मलेसियाका विदेश मन्त्री मोहम्मद हसनले मङ्गलबार बताउनु भएको छ ।  

गत जुलाईमा थाइल्यान्ड र कम्बोडियाबिचको तनाव दशककै सबैभन्दा घातक सैन्य झडपमा परिणत हुँदा ४० भन्दा बढी मानिस मारिनुका साथै करिब तीन लाख मानिस विस्थापित भई आफ्नो घर छोड्न बाध्य भएको जनाइएको छ । लडाइँपछि, पनि एक अर्कालाई बारम्बार युद्धविराम उल्लङ्घनको आरोप लगाएका दुबै राष्ट्र पछिल्लो समयमा युद्धविराममा सहमत भएका छन् ।

डोनाल्ड ट्रम्प “थाइल्यान्ड-कम्बोडिया शान्ति सम्झौता हेर्न उत्सुक रहेको मोहम्मद हसनले क्वालालम्पुरमा पत्रकार सम्मेलनमा बताउनु भएको हो । अक्टोबर २६-२८ मा मलेसियाको राजधानीमा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रको साझा सङ्गठन (आसियान)को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपतिले ट्रम्प पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले द्वन्द्व अन्त्य गर्ने “नवीन कूटनीति”को श्रेय दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेको बताउनु भएको छ । थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले गत हप्ता आफूले ट्रम्पबाट एउटा पत्र प्राप्त गरेको र उहाँले दुई छिमेकी बिचको तनाव समाधान गर्न चाहेको बताउनु भएको थियो । रासस/एएफपी