काबुल (अफ्गानीस्तान), सोज २८ गते । अफगानी सेनाले छिमेकी देश इरानमा अवैध रूपमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा इरानसँगको सिमानामा २०२ जनालाई पक्राउ गरेको मङ्गलबार पश्चिमी क्षेत्रको राष्ट्रिय सेनाले एक विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई गत हप्तामा पश्चिमी हेरात प्रान्तको घोरियन जिल्लाबाट हिरासतमा लिइएको विज्ञप्तिमा जनाइएको छ ।
यद्यपि सयौं अफगान शरणार्थी इरानबाट दैनिक आफ्नो मातृभूमि अफगानिस्तान फर्कन्छन्, धेरै अफगान आफ्नो युद्धपछिको देशमा गरिबी र बेरोजगारीबाट बच्न हरेक दिन अवैधरूपमा इरान जान्छन् । अफगान सरकारले मानव बेचबिखन र छिमेकी देशमा अवैध पारगमन रोक्ने वाचासहित सीमा नाकामा कडाइ गरेको छ । रासस/सिन्ह्वा