• १३ असोज २०८१, आइतबार

अध्यक्ष दाहालद्वारा छोरा प्रकाश दाहालको शालिक अनावरण

blog

काठमाडौं, असार १७ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दिवंगत छोरा साकार दाहालको शालिक अनावरण गर्नुभएको छ ।

नेपाल पर्वतारोहण सङ्घले शुक्रबार नुवाकोटको ककनी गाउँपालिका–६ मा अवस्थित अन्तर्राष्ट्रिय स्मृति पार्कमा स्वर्गीय दाहालको निर्माण गरिएको शालिक अनावरण गरिएको हो ।

पर्वतारोहण सङ्घलाई धनयवाद दिनुहुँदै अध्यक्ष दाहालले कुनै अनुरोधबाट नभई यसको आवश्यकता महसुस गरेर सङ्घले शालिक निर्माण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

“देशको समाजिक, आर्थिक र राजनीतिक परिवर्तनमा भूमिका खेल्नेलाई अवश्य प्रेरित गर्नेछ । हाम्रोतर्फबाट माग गरिएर होइन् । सङ्घले यसको आवश्यकता महसुस गरेर यो निर्माण गर्नुभयो ।,” उहाँले भन्नुभयो ।

लुम्बिनी–सगरमाथा पदयात्रा स्मरण गर्नुहुँदै उहाँले हिजो ठूलो युद्धको प्रक्रियाबाट माओवादीले धेरै कीर्तिमान राख्न सक्छ भन्ने कुरा प्रमाणित भएको बताउनुभयो ।