• २८ असोज २०८२, मङ्गलबार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, असोज २८ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५८ पैसा र बिक्रीदर १४२ रुपियाँ १८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ र बिक्रीदर १६४ रुपियाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपियाँ ९० पैसा र बिक्रीदर १८९ रुपियाँ ७० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ २० पैसा र बिक्रीदर १७६ रुपियाँ ९५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ २३ पैसा र बिक्रीदर ९२ रुपियाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ११ पैसा र बिक्रीदर १०१ रुपियाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ०५ पैसा र बिक्रीदर १०९ रुपियाँ ५१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३१ पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८५ पैसा र बिक्रीदर १९ रुपियाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८४ पैसा र बिक्रीदर ३९ रुपियाँ एक पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३५ पैसा र बिक्रीदर चार रुपियाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५५ पैसा र बिक्रीदर ३८ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ४९ पैसा र बिक्रीदर ३३ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९२ पैसा र बिक्रीदर नौ रुपियाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८७ पैसा र बिक्रीदर १४ रुपियाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९६ पैसा र बिक्रीदर २२ रुपियाँ पाँच पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ २० पैसा र बिक्रीदर १८ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ३६ पैसा र बिक्रीदर ४६३ रुपियाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७७ रुपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ७२ पैसा र बिक्रीदर ३६९ रुपियाँ २८ पैसा रहेको छ ।

भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस