• २७ असोज २०८२, सोमबार

तलबभत्ता माग गर्दै स्वास्थ्यकर्मी र शिक्षक आन्दोलित

blog

सुधा देव
भारदह(सप्तरी), असोज २७ गते ।
अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाका शिक्षक तथा स्वास्थ्यकर्मीहरू तलब भत्ताको माँग गर्दै आइतबारदेखि आन्दोलित भएका छन् ।

उनीहरूले गाउँपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आन्दोलित भएका हुन् । ज्ञापनपत्र बुझाउँदै उनीहरूले माँग पूरा नभएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । आज सोमबारसम्म तलब उपलब्ध नगराए मङ्गलबार कार्यालयको विभित्र शाखाहरूमा तालाबन्दी गरी धर्ना दिने ज्ञापनपत्रमा उल्लेख छ ।

तिहारमा बिदा दिने अघिल्लो दिनसम्म पनि तलब भत्ता उपलब्ध नगराए छठपछि गाउँपालिका मातहतमा रहेको सबै स्वास्थ्य कार्यालय र विद्यालय अनिश्चितकालीन बन्द गराउने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरूको संयुुक्त बैठकले पालिका मातहतमा रहेका प्रत्येक विद्यालय तथा स्वास्थ्य कार्यालयबाट दुई÷दुई जना आन्दोलनका कार्यक्रम उपस्थित हुन निर्णय गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना चौधरी र ६ वटै वडा अध्यक्षलाई दिएको ज्ञापनपत्रमा आन्दोलनको क्रममा हुने क्षतिको जिम्मेवारी लिनुपर्ने उल्लेख छ ।