टोपलाल अर्याल
रेसुंगा(गुल्मी), असोज २७ गते । नेपाली कांग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिको भेलाले गोपाल प्रसाद ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । निर्वाचन समितिको अनुसार असोज २५ गतेदेखि जारी अधिवेशनबाट सम्पर्क समितिको सभापतिमा गोपाल प्रसाद ज्ञपाली, उप–सभापतिमा कृष्णबहादुर जिसी र विनोद ज्ञवाली निर्वाचित हुनुभएको छ ।
सचिवमा भिमलाल अर्याल र कोषाध्यक्षमा भानुभक्त पाण्डे निर्वाचित भएको निर्वाचन समिति सदस्य अधिवक्ता माधव प्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी सह–सचिवका रुपमा प्रेम परियार, माजिमान टण्डन, केशवराज पाण्डे र दिपक अर्याल निर्वाचित भएका हुनु भएको छ ।
सदस्यहरूमा सुमित्रा टण्डन क्षेत्री, रेशम चन्द्र भण्डारी, विष्णु बहादुर खत्री, मृगेन्द्र हितान, अर्जुन ज्ञवाली, ध्रुर्व पोखरेल, ऋषिबाबु कुँवर, सकुन्तला महत, हेमा टण्डन, कुलचन्द्र भट्टराई, दिलिप कुमार कार्की, संगिता श्रेष्ठ, प्रदिप पन्थ र टोपेन्द्र घिमिरे निर्वाचित भएको अभिवक्ता घिमिरेले बताउनुभयो ।