• २७ असोज २०८२, सोमबार

धनकुटामा ट्रक दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

blog

ट्रक टुर्घटनामा परी घाइते भएकोको उद्धार गरिँदै । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), असोज २७ गते ।
कोशी लोकमार्ग पर्ने धनकुटाको साँगुरीगढी गाउपालिका–९ स्थित पाँचगोलाइमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सोमबार बिहान करिब २ बजे गुडी रहेको गाडी अनियन्त्रित भइ सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनाम परि मृत्यु हुनेमा सह–चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–९ स्थित कुर्कुनटार बस्ने २६ वर्षीय नारायण खड्का रहेका छन् । यस्तै, चालक उदयपुरको रानिटार घर भएका अन्दाजी १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते हुनुभएको छ ।


धनकुटाबाट सब्जी लिएर धरान जाँदै गरेको प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकदेखि अन्दाजी तीन सय मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

दुर्घटना भएको स्थानमा प्रचौ मुलघाटबाट प्रसनि टंक बहादुर कटवालको कमाण्डमा पाँच जना प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितको टोली घटनास्थल पुगि उद्घार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याएकोमा सहचालक खडकालाई बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरेको थियो । चालक क्षेत्रीलाई भने प्रहरीको निगरानिमा जिल्ला अस्पताल धनकुटामा उपचार भइ रहेको छ ।

शवलाई पोस्टमार्टमाका लागि जिल्ला अस्पताल धनकुटाको सव गृहमा राखेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।