नारायणगढ समाचारदाता
भरतपुर (चितवन), असोज २७ गते । गोरखापत्रका पत्रकार तारा हमाल ढुङ्गाना (चाँदनी) का ससुरा अक्षकुमार ढुङ्गानाको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट पीडित ढुङ्गानाको आफ्नै निवास कालिका नगरपालिकास्थित न्युरेनीमा निधन भएको हो ।
ढुङ्गानाको पार्थिव शरीरको आइतबार बिहान धार्मिक क्षेत्र देवघाटमा दाहसंस्कार गरिएको छ । उहाँका श्रीमती, पाँच छोरा र छ छोरी हुनुहुन्छ ।