• २६ असोज २०८२, आइतबार

सुनसरीको मेहता टोलबाट पटका बरामद

blog

सुनसरी, असोज २६ गते। सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ मेहता टोलबाट प्रहरीले पटका बरामद गरेको छ। 

सशस्त्र प्रहरीले करिब तीन लाख रुपियाँ बराबरको विभिन्न किसिमका पटका बरामद गरेको छ।

भारतबाट अवैध रुपले अपरिचत व्यक्तिले बोकेर ल्याउँदै गरेको पटका सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट लौकहीले बरामद गरेको हो।

बरामद पटका स्थानीय जनप्रतिनिधिको रोहवरणमा नष्ट गरिएको छ।