• २६ असोज २०८२, आइतबार

स्काभेटर चालकको करेन्ट लागेर मृत्यु : क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध

blog

मृत्युको कारणबारे छानबिन र उचित क्षतिपूर्तिको माग गर्दै कालिका–३ धारापानीका स्थानीयवासीले सडक अवरुद्ध गर्दै ।

गंगा कुमारी मिजार

रसुवा, असोज २६ गते । रसुवागढी जलविद्युत कम्पनीमा कार्यरत स्काभेटर चालक कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको छ।

शनिबार गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे नजिकैको बालुवा खानीमा काम गर्ने क्रममा करेन्ट लागेको कारण उहाँको घटनास्थलमै मृत्यु भएको स्थानीयले जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो।

आज बिहान पौडेलको मृत्युको कारणबारे छानबिन र उचित क्षतिपूर्तिको माग गर्दै कालिका–३ धारापानीका स्थानीयवासीले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले मृतक परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

स्थानीयका अनुसार कामदारहरूको सुरक्षाका विषयमा लापरबाही हुँदै आएकाले भविष्यमा यस्ता घटना दोहोरिन नदिन कम्पनीले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने माग पनि गरिएको छ।