• २६ असोज २०८२, आइतबार

काभा मेन्स नेसन्स कपका लागि खेलाडी टोलीको घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौँ, असोज २६ गते । बङ्गलादेशमा कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुने काभा मेन्स नेसन्स कप २०२५ को लागि नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा भइएको छ । 

नेपाल भलिबल सङ्घले प्रशिक्षणमा रहेका खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा गरेको हो । सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) को स्वीकृतिमा बङ्गलादेश भलिबल फेडरेसनले च्याम्पियनसिप आयोजना गर्न लागेको हो । 

च्याम्पियनसिपका लागि छनोट हुनुभएका खेलाडीहरूमा धनबहादुर भट्ट क्षेत्री, धिरजकाजी बस्नेत, सुनिल बोहोरा, पहल गहतराज, शरण सामरी क्षेत्री, शैलेन्द्र यादव, विनोद चन्द, अर्जुन नेपाली, सफल विक, रविन नगरकोटी, नृपध्वज बस्नेत, हरिहजुर थापा, सुजन सुनार र सन्तोष राई ‌हुनुहुन्छ ।