• २६ असोज २०८२, आइतबार

पर्सामा हैजाविरुद्धको खोप अभियान

blog

सांकेतिक तस्बिर ।

गोरखापत्र अनलाइन 

काठमाडौँ, असोज २६ गते । सरकारले आइतबार (असोज २६ गते ) देखि पर्सा जिल्लामा हैजा रोगविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आइतबारदेखि जिल्लाको सबै पालिकामा हैजा रोगविरुद्धको खोप अभियान सुरु गरेको जानकारी दिनुभयो । 

यो खोप एक वर्षमाथिका सबैलाई दिइने उहाँको भनाइ छ । यो अभियानमा खोप एक पटक खुवाइने छ । खोप सुरक्षित भएकाले ढुक्क भएर खान उहाँको आग्रह छ । खोपबारेमा थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निःशुल्क कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह सकिन्छ । 

त्यस्तै, सरकारले असोज २८ गतेदेखि बारा जिल्लाका ६ वटा स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । सरकारले  बारा र पर्सा गरी दुईवटा जिल्लाका एक वर्षमाथिका १० लाखलाई खोप खुवाउने लक्ष्य लिएको छ । यी जिल्लामा गत भदौ महिनादेखि हैजाको प्रकोप फैलिएको थियो । हैजा फैलिएका जिल्लामा रोगको दीर्घकालीन नियन्त्रण र रोकथामका लागि यो प्रतिकार्य खोप अभियान सञ्चालन गरिएको डा. लालले जानकारी दिनुभयो ।