नारायणगढ समाचारदाता
भरतपुर (चितवन), असोज २६ गते । धार्मिक क्षेत्र देवघाटमा निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनका लागि तयारी अवस्थामा पु¥याइएको छ । शवदाह गृह भवन निर्माण गरिरहेको सघन सहरी तथा भवन निर्माण आयोजनाले भवन निर्माणको काम सकेर भरतपुर महानगरपालिकालाई शुव्रmबार हस्तान्तरण गरेको हो ।
करिब १० करोड ५० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको सो भवन हस्तान्तरणका लागि आयोजनाका तर्फबाट प्रमुख झपडबहादुर थापा र महानगरका तर्फबाट प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षरसँगै आयोजनाका तर्फबाट प्रमुख थापाले सम्झौताप्रति भरतपुर महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गर्नुभएको थियो ।
२०७५ माघ ३ गते सम्झौता भई निर्माण सम्पन्न भएको सो भवनका लागि १० करोड ३६ लाख ५७ हजार ८९१ रुपियाँ खर्च लागेको प्रमुख थापाले जानकारी दिनुभयो । यो भवनमा भुइँ तलामा मलामी प्रतीक्षालय, पहिलो तलामा प्रतीक्षा केन्द्र र शवदाह गर्ने क्षेत्र छ । यहाँ एकै पटक दुई वटा शव दहन गर्न सकिने बताइएको छ । एउटा शवदाह गर्न एक घण्टा समय लाग्ने र दैनिक १५ देखि १५ वटासम्म शव नियमित दाहसंस्कार गर्न सकिने सो अवसरमा जानकारी दिइयो ।
कार्यव्रmममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रतिकूल अवस्थामा पनि भरतपुरमा विकासनिर्माणका काम भइरहेको बताउनुभयो । “चितवनको विकासका लागि विद्युतीय शवदाह गृह एउटा कोसेढुङ्गा हो,” उहाँले भन्नुभयो, “अहिले पनि सहरी विकास मन्त्रालयमार्फत चितवनमा तीन अर्बभन्दा बढीका आयोजना निर्माण भइरहेका छन् । ती सबै सञ्चालनमा आउँदा भरतपुरको विकासले फड्को मार्ने छ ।”
कार्यव्रmममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले शवदाह गृह भरतपुरवासीको महìवपूर्ण आयोजना भएको बताउनुभयो । “चितवनमा नयाँ योजना कार्यान्वयनमा आएको छ । यो हाम्रा लागि ठुलो उपलब्धि हो,” उहाँले भन्नुभयो ।