• ३० असोज २०८२, बिहिबार

प्रथम वामी फुटसलको उपाधी काँडेबासलाई

blog

उपाधी विजेता बजार व्यवस्थापन समिति काँडेवास बागलुङ । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), असोज, २६ गते ।
गुल्मीको टक्सार युनाइटेड वामीटक्सारको आयोजनामा सञ्चालन भएको प्रथम वामी फुटसल प्रतियोगीताको उपाधी बजार व्यवस्थापन समिति काँडेबास बागलुङले जितेको छ ।

प्रतियोगीताको उपबिजेता बाल संरक्षण मञ्च गल्कोट बाग्लुङ भएको आयोजकले जनाएको छ । विजेता र उपविजेताले क्रमशः ३० र २० हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगीतामा उत्कृष्ट खेलाीको रुपमा आशिष केसी र राइजिङ प्लेयर अफ टुर्नामेन्ट रिघाका १४ वर्षीय गोलकिपर सुयोग घर्तीलाई समेत पुरस्कृत गरिएको प्रतियोगीताका संयोजक कर्ण थापा मगरले जानकारी दिनुभयो ।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगीतामा गुल्मी र बागलुङका विभिन्न २१ समूहको सहभागीता रहेको थियो । प्रतियोगीतामा उत्कृष्ट खेलाडीहरुलाई मुसिकोट नगरपालिका गुल्मीका प्रमुख जिवलाल खरेल ’जीवन’ले पुरस्कार तथा सम्मान गर्नु भएको थियो ।

उहाँले नगरपालिकाको केन्द्र वामीमा खेल मैदानको आवश्यकता महसुस गरेर नगरपालिकाबाट प्रयाप्त बजेट विनियोजन भएकाले तत्काल काम अगाडि बढ्ने बताउनुभयो । खरेलले नयाँ खेल र उर्जा दिने टक्सार युनाइटेडलाई आभार प्रकट गर्दै आफुहरु सधैँ युवाहरुको पक्षमा रहेको बताउनुभयो ।

उहाँले मुसिकोट नगरपालिका जिल्लाका थुप्रै प्रतियोगीताहरुमा उत्कृष्ट भएकाले आफुहरुले पनि खेल क्षेत्रको विकास र खेलाडीको क्षमता लगानी गरिरहेको बताउनुभयो ।