शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारायणगढ समाचारदाता
नारायणगढ, असोज २६ गते । कवि गोविन्दराज विनोदीको कविता संग्रह ‘मृतिका मोहनी’ लोकार्पण भएको छ । नेपाली लेखक सङ्घ चितवनको आयोजनामा शनिबार आयोजित एक कार्यक्रमबिच सो कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रममा रत्नगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे स्वयम् लेखक विनोदीलगायतका सहभागीले संयुक्त रूपमा कवितासङ्ग्रह विमोचन गर्नुभएको हो ।
सङ्ग्रहमा ७३ वटा कविता सङ्गृहीत छन् । नेपाल लेखक सङ्घले प्रकाशन गरेको सो कृतिमा सङ्गृहीत कविताले देशप्रेम, प्रकृतिप्रेम समावेश गरिएको छ । सम्पादक प्रा. कपिल अज्ञातले विनोदीका कवितामा विन्यास हुने र संवेदनाको चास्नीमा नडुबेका कविता नलेख्ने उल्लेख गर्नुभएको छ । समीक्षक कवि मनोज भण्डारीले कवितामा धेरै छन्दमा लेखिएको बताउनुभयो ।