कोकिला ढकाल
इलाम, असोज २५ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलाममा भएको विपद्का कारण त्यसको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सरकारले इलामलाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको बताउनुुभएको छ ।
बाढी पहिरोका कारण विपद्को चपेटामा परेको इलामको निरीक्षणका लागि आइपुग्नभएका मन्त्री घिसिङले तीनै तहका सरकार, दातृ निकाय, नीजि क्षेत्र सबैको ध्यान यहाँ केन्द्रित होस् र इलामलाई पुुरानै स्थितिमा उभ्याउन सकियोस् भनेर सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको बताउनुुभयो ।
मन्त्री घिसिङले मेची राजमार्गको राजदुवालीस्थित माईखोला माथिको पहिरोग्रस्त क्षेत्रको निरीक्षणपछि तत्कालका लागि सडक सुुचारु गराउने काम भइरहेको र यसको दीर्घकालिन उपाय खोजिने बताउनुुभयो ।
‘आज भरे अथवा भोलिसम्ममा राजमार्ग सुचारु गराउने काम हुँदैछ, यसको अध्ययन गरेर वैकल्पिक अथवा दीर्घकालीन समस्या समाधानको खोजी गर्ने छौं’ मन्त्री घिसिङले भन्नुुभयो, ‘सडक, पूूर्वाधार, खानेपानी, विद्युत सबै क्षेत्रमा काम गर्ने छौं ।’
मन्त्रीसँगै रहनुुभएका गृहसचिव रामेश्वर दङ्गालले पहिलो चरणको विपद्बाट उद्धार, राहत र अस्थायी पुनस्र्थापनापछि दीर्घकालिन पुुनस्थापनाको पाटोमा काम गरिने बताउनुुभयो । भौतिक पूर्वाधार सचिव केशबकुमार शर्माले अहिले मेची राजमार्ग सुुचारु गराउन तत्कालका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
मन्त्री घिसिङले रोङ गाउँपालिका, सूूर्योदय नगरपालिका हुँदै मेची राजमार्गको माईखोला लगायतका स्थानको निरीक्षण गर्नुभयो । मन्त्री घिसिङले रोङ र सूूर्योदय नगरपालिकाका प्रमुख–उपप्रमुखसँग पनि विपद्का विषयमा छलफल गर्नुभएको छ ।
मन्त्रीसँग विपद्को वस्तुगत जानकारी गराएर पुनः निर्माणका लागि सहयोगको माग गरिएको रोङ गाउँपालिका प्रमुख मनिकुमार स्याङ्बोले बताउनुुभयो । गृहमन्त्री ओमप्रकाश अर्यालको भम्रण भने पछिल्लो समयमा आएर स्थगित भएको बताइएको छ ।