• २५ असोज २०८२, शनिबार

भीमेश्वरमा तीन लाखभन्दा बढि भेटी सङ्कलन

blog

भीमेश्वरमा सङ्कलित भेटी गनिँदै । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 
दोलखा, असोज २५ गते ।
दोलखाको सदरमुकाम चरीकोटस्थितको भीमेश्वर नगरपालिका–२ को  ऐतिहासिक सहरको भीमेश्वर मन्दिरमा बडा दसैँ २०८२ को १५ दिनमा तीन लाखभन्दा बढि भेटी सङ्कलन भएको छ ।

भीमेश्वर मन्दिरमा घटस्थापनादेखि पूर्णिमासम्म बलीबाट ५० हजार ३१० र भेटी दुई लाख ६४ लहजार ५८२ गरी कुल तीन लाख १४ हजार ८९२ रुपियाँ सङ्कलन भएको वडा नम्बर २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो ।

भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समिति सचिव राजेन्द्र श्रेष्ठका अनुसार सङ्कलित भेटी सदरमुकाम चरीकोटस्थितको नेपाली सेना (गरुढ दल गण) समेतको रोहबरमा गन्ती गरिएको हो । सो रकम बैंकमा जम्मा गरिने छ ।

नौरथाभरी सर्वसाधारण र गुठीको गरी कूल एक हजार ४५१ वटा बली चढे को छ । सर्वसाधारणका तर्फबाट यो अवधीमा ७३५ वटा बोका, ६७८ वटा हाँस र कुखुरा भाले बली चढाइएको हो ।

गुठीका तर्फबाट नौ वटा राँगो, २१ वटा बोका, दुई वटा थुमा, दुई वटा हाँस र दुईटा कुखुरा भाले बली चढेको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समिति सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

चन्दाबाहेक नौरथाभरि बोका बली पूजाबाट ३६ हजार ७५० र हाँस भालेबाट १३ हजार ५६० गरी कूल ५० हजार ३१० सङ्कलन भएको छ । गुठियारबाट भने बलीपूजाको शुल्क लिने नगरिएको उहाँले स्पष्ट पार्नुभयो ।