काठमाडौं, असोज २५ गते । भाइटीकाको दिन प्रदर्शन हुन लागेको चलचित्र ‘सोल्टिनी’ ले आफ्नो नयाँ गीत ‘नौ लाख तारा’ सार्वजनिक गरेको छ । गीतमा झुमा लिम्बू, सुनिता थेगिम र प्रशान्त शिवाकोटीको स्वर रहेको छ भने शब्द र सङ्गीत निर्देशन प्रशान्तकै रहेको छ ।
गीतमा प्रयोग गरिएका भिजुअल र तस्बिरले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बूबिचको प्रेममा देखा परेका पारिवारिक तथा सामाजिक अड्चनलाई प्रस्तुत गरेको छ । चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गर्नुभएको छ । यसै गरी प्रकाश सपुत र परीक्षा लिम्बूका साथमा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सनविक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ ।