• २४ असोज २०८२, शुक्रबार

कार्यालय जलेपछि भुइँमै बसेर सेवा दिँदै जनप्रतिनिधि

blog

कार्यालय जलेर खरानी भएपछि भुइँमा बसेर सेवा प्रवाह गर्दै वडा अध्यक्ष कल्पना शर्मा । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज २४ गते । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा नष्ट भएको कोहलपुर नगरपालिका ११ को कार्यालय अहिले पुनःनिर्माणको क्रममा छ । 

कार्यालयका सम्पूर्ण फर्निचर र कागजात जलेर नष्ट भए पनि वडा अध्यक्ष कल्पना शर्मा लगायतका जनप्रतिनिधिले जनताका काम रोक्नु भएको छैन । उहाँहरुले भौतिक सुविधा नहुँदा पनि भुइँमै बसेर जनतालाई सेवा प्रदान गरिरहनुभएको छ । 

सो वडा कार्यालयले लालपुर्जा प्राप्त जमिनको कर संकलनदेखि जन्म, मृत्यु दर्ता, बसाइँसराइ र सिफारिसजस्ता दैनिक सेवा बिना अवरोध सञ्चालन गरिरहेको जनाएको छ ।