सिन्धुलीको कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिएर १५ घर जोखिममा परेसँगै जिल्ला सुरक्षा समिति, सिन्धुलीसहित सरोकारवाला व्यक्तिहरु शुक्रबार स्थलगत निरीक्षण गर्नुहुँदै । जमिन भासिएर बस्ती नै जोखिममा परेपछि यहाँका १५ घरका एक सय बढी हायु परिवार चिन्तामा छन् । सुरक्षित वासस्थानको अभावमा जोखिम क्षेत्रमै बसोबास गरिरहेका हायु परिवारलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा ठोस निर्णय अहिलेसम्म हुन सकेको छैन । तस्बिरः राधिका बुढाथोकी/रासस