• २४ असोज २०८२, शुक्रबार

फिफा एन्टी–डोपिङ कार्यक्रममा नेपालकी करिना

blog

करिना पुरी ।

काठमाडौँ, असोज २४ गते । फिफा एन्टी–डोपिङ कार्यक्रममा विश्वका शीर्ष २८ जनामा नेपालकी करिना पुरी पनि छनोट हुनुभएको छ ।

करिना उत्कृष्ट खेल र एन्टी–डोपिङ विशेषज्ञहरूमध्ये छनोट हुनुभएको हो । फुटबल, कराते, क्रिकेट खेल र कानूनको समेत जानकार करिना दुई पटककी एशियाली कराते च्याम्पियन, राष्ट्रिय प्रशिक्षक र रेफ्री, एशियन स्तरकी कराते रेफ्री, राष्ट्रिय आत्मरक्षा प्रशिक्षक, संकटा फुटबल क्लब की खेलाडी, ग्रेट हिमालय क्रिकेट एकेडेमीमा अभ्यासरत क्रिकेटर हुनुहुन्छ । 

उहाँको उपस्थितिले नेपालको कमजोर एन्टी–डोपिङ संरचनालाई सहयोग पुग्ने विश्वास गरिएको छ । नेपालमा हालसम्म धेरै डोपिङ प्रकरणहरू कभर अप भइरहेका छन् ।

जस्तै, वेटलिफ्टिङमा भरतोलनका पाँच खेलाडीको डोपिङ प्रकरण, पोखरा नेशनल गेम्समा पोजेटिभ डोपिङका घटनाले नेपालमा डोपिङको अझै प्रभावकारी निगरानी र कार्यान्वयनको आवश्यकता छ ।