राजन रावत
हुम्ला, असोज २४ गते । शुक्रबार बिहान चङ्खेली गाउँपालिका– ६ को देसीखोला गोठ्यानामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो गाउँपालिकाको मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङतर्फ आउने क्रममा सो जीप दुर्घटनामा परेको हो ।
चालकसहित नौ जना यात्रु सवार रहेको बोलेरो जीप दुर्घटना हुदा एक जनाको घटना स्थल मै मृत्यु भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । चार जना घाइतेको पिप्लाङ स्वास्थ्य चौकीमा उद्धार गरिएको छ ।
प्रहरी र सर्वसाधारण घटनास्थलमा पुगेर घाइतेको उद्धारमा जुटेका छन् । मृतक र घाइतेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जीप दुर्घटना बारे प्रहरी अनुसन्धान गरि रहेको जनाएको छ ।