• २४ असोज २०८२, शुक्रबार

एमाले सचिवालय बैठकमा केन्द्रीय कमिटीको एजेन्डा तय गरिने

blog

नेकपा (एमाले) को सचिवालय बैठक । फाइल तस्बिर

काठमाडौँ, असोज २४ गते । नेकपा (एमाले) को सचिवालय बैठक केहीबेरमा गुण्डुमा सुरु हुँदैछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार शुक्रबार बिहान ११ बजे बैठकको समय तय भएकोमा अहिले नेताहरु बैठकस्थलमा आउने क्रम जारी छ ।

उहाँले बैठकमा समसामयिक राजनीति तथा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेर केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “समसामयिक राजनीति र विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेर केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिनेछ ।’’

एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा. भीष्म अधिकारीले यसअघि असोज २७ गते तय भएको केन्द्रीय कमिटीको बैठक असोज २९ देखि ३१ गतेसम्म सरेको जानकारी दिनुभयो ।